सामाखुशीमा बाढीले बगाएर एक बालक बेपत्ता

काठमाडौंको सामाखुशीमा बाढीले बगाएर एक बालक बेपत्ता भएका छन् ।

सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए ।

विद्यालयबाट फर्किएपछि आइतबार अपराह्न साढे ४ बजे खेल्न निस्केका उनलाई स्थानीय सानो खोल्सीले बगाएको हो ।

उनलाई बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज वृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ । तर आइतबार साँझसम्म पत्ता नलागेको डीएसपी अधिकारीले जानकारी दिए ।