नेकपाले समानुपातिकमा सबै नयाँ पठाउने, यसअघि निर्वाचित सांसद तथा मन्त्री सूचिमा नपर्ने

Image

 नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा या राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको छ ।

पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट  निर्वाचित भएकाहरूलाई सिफारिस नगर्ने बताइएको छ । 

आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन सिफारिस सूचि तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय नेपाली कम्युनिष्ट पार्टीले गरेको हो ।