रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमतिमा पुगेका छन्।

जेनजी अभियन्ता सुदन गुरुङका अनुसार उनीहरूबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्दै अगाडि बढ्ने समझदारी बनेको हो।

उनका अनुसार वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रयासस्वरूप यो सहमति भएको हो। यद्यपि सहमतिका विस्तृत विषयवस्तु, चुनावी तालमेलको मोडालिटी तथा उम्मेदवार चयनबारे भने हालसम्म औपचारिक विवरण सार्वजनिक गरिएको छैन।

राजनीतिक वृत्तमा यस सहमतिलाई वैकल्पिक शक्तिहरूबीच सम्भावित नयाँ गठबन्धनको संकेतका रूपमा हेरिएको छ। तीनै पक्षबाट सहमतिसम्बन्धी औपचारिक घोषणा भने आउन बाँकी रहेको छ।