क–कसले पाउँदैछन् यो वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार ? (नामावलीसहित)

सरकारले ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकका अनुसार निजामती कर्मचारी सेवा नियमावली व्यवस्था बमोजिम निजामती सेवा दिवसका अवसरमा ४० जनालाई पुरस्कार प्रदान गरिने भएको हो ।

१० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने भएका छन् भने ३० जनाले निजामती सेवा पुरस्कार पाउनेछन् । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा सर्वोच्च अदालत, राष्ट्रिय योजना आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य सेवा विभाग, महान्याधिवक्ताको कार्यालय, महालेखा परीक्षकको कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, वेनी नगरपालिका म्याग्दी र महिला तथा बालबालिका विभागमा कार्यरत एकेक जना कर्मचारी छन् ।

सम्बन्धित समाचार