प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही फागुन ३० गते प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ ।

सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदानका लागि ह्विप जारी गरिएको जानकारी दिएका हुन् ।

गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन त्याग्दै २०७९ पुस १० गते बनेको एमालेसहितको नयाँ गठबन्धनबाट सत्ता यात्रा अघि बढाएका थिए ।

Share