पीएनजीले दियो नेपाललाई १ सय ३५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

पपुवा न्युगिनीले नेपाललाई खेल जित्न १ सय ३५ रनको लक्ष्य दिएको छ । ओमानको अल अमरेत क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १३४ रन बनायो । पपुवा न्युगिनीबाट कुनै पनि खेलाडीले अर्धशतक पनि बनाउन सकेनन् ।

पिएनजीका ओपनर लेगा सियाकाले सर्वाधिक ३० रन बनाए । नेपाललाई दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर विक्रम सोबले ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । विक्रम ओडिआई डेब्यूको पहिलो बलमै विकेट लिने नेपालका पहिलो खेलाडी बने ।

यस्तै पीएनजीका लागि चार्ल्स अमिनीले २३, गाउडी टोकाले २२, विकेटकिपर किप्लिन डोरिगाले १५, सेसे बाउले १४ रन बनाए । चाड सोपर १७ रनमा अविजत रहे । पोकनाले १ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् । यस्तै विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार