कांग्रेसको कमिटी भंग भइसकेको छ, निर्वाचन आयोगमा गराइसकेका छौँ : गगन थापा

Image

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई विशेष महाधिवेशनले भंग गरिसकेको बताएका छन्।

बुधबार विशेष महाधिवेशनस्थलमा प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले भने, “चौधौँ महाधिवेशनबाट निर्वाचित कमिटी भंग गरी निर्वाचन आयोगलाई जानकारी गराइसकिएको छ। कांग्रेस कसैको निजी कम्पनी होइन। पार्टीले कारबाही गर्न पाउँछ र सक्छ पनि। तर मलाई कारबाही गर्नुअघि लिखित वा मौखिक स्पष्टीकरण लिनु पर्ने होइन।”

थापाले थपे, “पार्टी विभाजित भएको छैन। हामी विशेष महाधिवेशनको हलमा छौँ। हामी सत्यको पक्षमा उभिएका छौँ र कसैसँग डराउँदैनौँ। जो सत्यको पक्षमा उभिन्छ, उसले मर्यादा राख्नुपर्छ। हामी सत्यको पक्षमा उभिएका छौँ, हामी जित्छौँ।”