क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि ढुंगा प्रहार

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई प्रचार अभियानका क्रममा ढुंगा प्रहार गरिएको छ । मंगलबार ओन्टारियोमा एउटा ब्रुअरीको भ्रमणपछि बसमा फर्कने क्रममा उनीमाथि ढुंगा प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पत्रकारहरुलाई उनले आफ्नो काँधमा एउटा ढुंगा लागेको तर चोट नलागेको बताए । क्यानाडाको सीटीवी नेसनल न्यूजका अनुसार मिडियाको गाडीमा सवार रहेका दुई व्यक्तिहरुलाई पनि ढुंगाले लागेको छ ।

ट्रुडोले गत अगष्टमा क्यानाडामा मध्यावधि चुनावको घोषणा थिए । तर कोभिड खोप अनिर्वाय गरिएको तथा अन्य प्रतिबन्धहरुलाई लिएर उनको विरोध भइरहेको थियो । प्रधानमन्त्री ट्रुडोको चुनावी अभियानलाई नै लक्षित गरी केही दिनदेखि विरोध प्रदर्शन भइरहेका छन् ।

एक हप्तादेखि ठूलो विरोध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनले एउटा र्‍याली स्थगितसमेत गरेका थिए । उनले प्रदर्शनकारीका व्यवहार अस्वीकार्य रहेको प्रतिक्रिया दिएका छन् । साथै उक्त विरोध प्रदर्शनले चुनावी र्‍यालीलाई मात्र नभएर स्वास्थ्यकर्मी, रेस्टुरेन्ट सञ्चालक र प्रान्तीय राजनीतिज्ञलाई समेत प्रभावित बनाएको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार