शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’

Image

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा भएको आम निर्वाचनलाई ‘छल र प्रहसनको चुनाव’ भनेकी छन्। शेख हसिनाको पार्टी अवामी लिगले विज्ञप्ति जारी गरी बंगलादेशमा बिहीबार सम्पन्न चुनावको आलोचना गरेको हो। जुन निर्वाचनमा यो पार्टीलाई प्रतिबन्ध लगाइएको थियो।

अवामी लिगको विज्ञप्तिमा शेख हसिनाले भनेकी छन्, ‘मतदान केन्द्रहरूमा मतदाता थिएनन्, तैपनि मत गणना टेबलमा उपस्थित थिए।’ उनले अगाडि भनेकी छन्, ‘फेब्रुअरी १२ मा देशले पूर्वनियोजित, भ्रामक र कपटी चुनाव देख्यो। यो चुनाव बंगलादेशको लोकतान्त्रिक इतिहासमा लज्जास्पद अध्यायको रूपमा रेकर्ड गरिनेछ।’

उनले चुनावी परिणाममा प्रश्न उठाउँदै ‘गम्भीर अनियमितता’ भएको आरोप लगाएकी छन्। उनले भनेकी छन्, ‘धेरै तथ्यांक असंगत र झुटा देखिए।’निर्वाचन आयोगले दिएको विवरण देशभरको वास्तविकतासँग मेल नखाने दाबी गरेकी छन्।