दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई ६ अंकको अग्रता

स्टार खेलाडी नेयमार र एभर्टन रिबेइरोको गोलमा ब्राजिलले दक्षिण अमेरिकी छनोटमा लगातार ८औँ जित निकालेको छ ।

शुक्रबार बिहान घरेलु मैदानमा ब्राजिलले पेरुलाई २-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा स्टार खेलाडी नेयमार र एभर्टन रिबेईरोले १/१ गोल गरे । नेयमारले अर्को गोलको लागि पास उपलब्ध गराएका थिए ।

घरेलु मैदानमा दुबै गोल पहिलो हाफमा भएका थिए । एभर्टनले खेलको १४औँ मिनेटमा नेयमारको पास सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ४०औँ मिनेटमा नेयमारले ब्राजिललाई दोहोरो अग्रता दिलाए । बाँकी समय दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

जितसँगै कतार विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले ८ खेलमा शतप्रतिशत जित निकाल्दै २४ अंक जोडेको छ । उ खेल तालिकाकाे शीर्ष स्थानमा छ ।
अर्जेन्टिना ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वेसङ तीन अंकको अग्रता बनाएको  हो ।

बिहान अन्य खेलमा उरुग्वेले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको थियो । अर्जेन्टिनाले बोलिभियालाई लियोनल मेस्सीको ह्याट्रिकमा ३-० गोल अन्तरले पराजित गरेकाे छ।

सो खेलमा मेस्सीले ब्राजिल पेलेको कीर्तिमान तोडेका हुन् । पेपेले आफ्नो समयमा दक्षिण अमेरिकी मुलुकबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान राखेका थिए । पेलेको ७७ गोलको कीर्तिमान तोड्ने क्रममा मेस्सीले बोलिभियाविरुद्ध ७९ गोल गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार