अफगानिस्तानका पूर्व–उपराष्ट्रपतिका भाइको हत्या, तालिबानले भन्यो–शव सडेपछि दिन्छौँ

अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइ रोहुल्ला अजीजीको हत्या भएको छ । तालिबानले अजीजीको हत्या गरेको पूर्वउपराष्ट्रपति सालेहका एक आफन्तले पुष्टि गरेका हुन्। आफन्तले भने– ‘उनीहरूने आज उहाँको हत्या गरिदीए। हामीले उहाँको अन्तिम संस्कार गर्नका लागि शव माग्दा उनीहरू भन्छन्- उनको शव सड्नुपर्छ।’ पञ्जशीर प्रान्त तालिबानले कब्जा गर्ने क्रममा पूर्वउपराष्ट्रपति सालेहका भाइको हत्या भएको हो।

पूर्वउपराष्ट्रपति सालेहको अवस्था भने अज्ञात छ। राजधानी काबुल तालिबानले कब्जा गरेपछि सालेह पञ्जशीर पुगेका थिए। त्यहाँ उनले तालिबान विरोधी समूह नेशनल रेसिस्टेन्स फ्रन्टलाई साथ दिएका थिए। केही दिनको लडाइँपछि तालिबानले पञ्जशीर कब्जा गर्ने सम्भावना भएपछि उनी हेलिकोप्टर चढेर त्यहाँबाट फरार भएको बताइन्छ।

यता तालिबानले मुलुकलाई कब्जामा लिएपछि भागेका पूर्व अधिकारीलाई मुलुक फर्किन आग्रह गरेको छ । अफगानिस्तानमा उनीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति गरिने तालीबान बताउँदै आएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार