प्रधानमन्त्रीको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त

Image

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन्। उनी स्वकीय शाखा अधिकृतसरहको सेवासुविधा लिने गरी प्रधानमन्त्रीको प्रेस सहजकर्तामा नियुक्त भएका हुन्।

बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि बजगाईंले प्रेस संयोजकको भूमिका निर्वाह गरेका थिए। त्यसबेला उनी बालेनको सञ्चार समन्वय र मिडिया व्यवस्थापनमा सक्रिय थिए। हालै बालेनको चुनावी अभियान पनि सक्रिय भूमिकामा थिए ।

यसअघि प्रधानमन्त्री शाहले प्रमुख सल्लाहकारमा कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकारमा असिम शाह, मुख्य स्वकीय सचिवमा सुवास शर्मा, निजी सचिवमा प्रदीप परियार, प्रशासन प्रमुखमा सुदीप ढकाल र सूचना तथा प्रविधि संयोजकमा विवेक मिश्रलाई नियुक्त गरिसकेका छन्।