कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईका अनुसार ३ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने छन् । विश्वासको मत लिने प्रस्ताव उनले शुक्रबार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेको बताए ।