प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि सरेको छ ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको सभामुखको सचिवालयले सूचना टाँस गरी जानकारी गराएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै आएको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरूसँग आजै छलफल गरेका थिए ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता सहभागी थिए ।
सुन तस्करीको विषयमा छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै साउन १० गतेदेखि नेकपा एमालेले लगातार रूपमा सदन अवरोध गर्दै आएको छ ।