आइतबार (आज) का लागि तय भएको समाजवादी मोर्चाको बैठक सरेको छ । चार दल सम्मिलित मोर्चाको बैठक आइतबार साँझ नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा तय भएको थियो ।
उक्त बैठक भोलि (सोमबार) बिहान साढे ७ बजेका लागि तय भएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार प्रसार विभागले जनाएको छ ।
सोमबारको बैठक पनि एकीकृत समाजवादीकै कार्यालयमा तय भएको हो ।
यसअघि डाकिएको मोर्चाको बैठक स्थगित भएको थियो ।