सातै प्रदेशमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय

सरकार नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देशसभा गर्ने भएको छ ।

आज बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले आगामी भदौ ८ देखि प्रदेशस्तरीय सन्देश सभा गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका नेता प्रमेश हमालका अनुसार भदौ ८ गते वीरगन्जमा, १२ गते बुटवलमा र १३ गते धनगढीमा सभा आयोजना गरिनेछ ।

यस्तै १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडामा र २५ गते विराटनगरमा सभा आयोजना गरिने बताइएको छ ।

समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् ।

उनीहरूले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।