मुग्लिङ–नारायणगढ सडकखण्डको पहिरो पन्छाउन समय लाग्ने, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

चितवनको मुग्लिङ नारायणगढको तोपेखोलामा पहिरो खसेपछि सोमबार साँझदेखि बाटो अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना ६ तोपेखोलामा साँझ ८ बजे पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार ठुलो पहिरो खसेकोले पन्छाउन धेरै समय लाग्ने भएको छ ।

ठुलो सुख्खा पहिरो खसेपछि राती देखिनै पन्छाउने काम भएको डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । ठुलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने भएकाले वैकल्पिक बाटोबाट यात्रा गर्न डिभिजन कार्यालयका सब इन्जिनियर सुजन थापाले बताए । अहिले पनि पहिरो पन्छाउने काम भइराखेको छ ।