स्वतन्त्र सांसद महावीर पुन फेरि मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पुनलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।
उनी विज्ञान प्रविधि तथा नव प्रवर्तनमन्त्री बन्दै छन् ।
सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा पनि पुन शिक्षामन्त्री थिए। चुनावअघि राजीनामा दिएर उनी म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए।
रास्वपाले चुनावमा पुनलाई समर्थन गरेको थियो।
















