सुन तस्करी प्रकरण : सिआइबी प्रमुख किरण बज्राचार्यसहित ४ प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस

सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य सहित ४ प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यसहित सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई समेत कारबाहीको सिफारिस गरेको हो ।

उनीहरुले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ । ब्यूरोमा उपस्थित गराएर समेत छाडेको उनीहरुको माथि आरोप छ । बज्राचार्यलाई विभागीय कारबाहीको तयारी गरिएको छ।कारबाही गृहमन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजानुपर्ने हुनाले तत्कालका लागि किरण बज्राचार्यलाई सिआइबी प्रमुखबाट हटाउने तयारी भएको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । उनले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत ब्रिफिङ गरेका छन् ।