दाङमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।
राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङ बस्ने किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
किशोरले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।