निजामती सेवा दिवसका अवसरमा ४० कर्मचारीलाई दिइयो पुरस्कार (सूची)

निजामती सेवा दिवसका अवसरमा आज ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरिएको छ ।

२०औं निजामती सेवा दिवसका अवसरमा आज काठमाडौं आयोजित समारोहका बीच १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको हो ।

उत्कृष्ट निजामति सेवा पुरस्कार पाउनेहरुमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदरबारका सहसचिव बुद्ध बहादुर गुरूङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारका उपसचिव कविन्द्र नेपाल, लगायत १० जना छन् ।

हेर्नुहोस् पुरस्कार पाएका कर्मचारीको सूची