चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले गरे सर्वदलीय छलफल

आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदै छन् । त्यहीँबाट असोज ५ गते चीन भ्रमणमा जाने तय भएको छ ।

चीन भ्रमणबारे सुझाव लिनका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत उपस्थित छन् ।

प्रधानमन्त्री प्रचण्डले आजै साँझ परराष्ट्र विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।