डडेल्धुरामा पहरोबाट पहिरोसँगै खसेको ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ ।
केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवामा पहिरोसँगै खसेको ढुंगाले लागेर अमरगढी नगरपालिका–४ का राकेश ऎरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
डोटीको दिपायलबाट मोटरसाइकलमा अमरगढी फर्किने क्रममा उनलाई पहरोबाट खसेको ढुंगाले टाउकोमा लागेको थियो ।
ढुंगाले लागेर गम्भीर घाइते भएका उनको डडेल्धुरामा हुन नसकेपछि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।