‘नाडा अटो सो’मा निसान गाडी बुकिङ गर्दा पाइनेछ यस्ता छुट र सुविधा

निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ ड्राइभ’ विशेष छुट योजना सार्वजनिक गरेको छ ।

यो योजना निसानका सबै गाडीहरू– निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रायलमा लागू हुने कम्पनीले जनाएको छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले २६ भदौदेखि ३१ सम्म सञ्चालन हुने १५ औं नाडा अटो सो २०२३ र चाडपर्वको उत्सवमय अवसरमा विशेष छुट योजना ल्याइएको बताए ।

उनका अनुसार यो योजना नाडा अटो सो सकिएपछि पनि चाडपर्वको अवधिभरि लागू हुनेछ ।

‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले ‘नाडा अटो सो’मा निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा प्राप्त गर्नेछन् । निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ वर्षको सडक कर (रोड ट्याक्स), निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी र १३ लाखसम्म बचत हुने फाइदाको ग्राहकले लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यी सुविधाहरूमा सर्तहरू लागू हुनेछन् ।

यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने कम्पनीको विश्वास छ ।

सम्पूर्ण ग्राहकहरूलाई ‘नाडा अटो सो २०२३’ मा सहभागी भई वा आफ्ना नजिकको निसान सोरुममा सम्पर्क गरेर छुट तथा सुविधाहरू प्राप्त गर्न पायोनियर मोटो कर्पले आग्रह गरेको छ ।

पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालको लागि निसान गाडीको एकमात्र आधिकारिक वितरक हो । कम्पनीले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ ।

निसान मोटर कम्पनी वा निसान, जापानको योकोहामाको निशी–कुमा मुख्यालय रहेको बहुराष्ट्रिय अटोमोबाइल९गाडी० निर्माता हो । कम्पनीले निसान र इन्फिनिटि ब्रान्डका कारहरू निस्मो नामक इन–हाउस पर्फमेन्स ट्युनिङ उत्पादनहरू अन्तर्गत बिक्री गर्दछ ।