नेपाली सेनाका सहायक रथी कुमार बाबु थापा उपरथीमा बढुवा भएका छन् ।
पदोन्नती सम्बन्धी विशेष व्यवस्था अनुसार थापालाई उपरथीमा बढुवा गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस्तै, प्रमुख सेनानी सुदर्शन विष्ट महासेनानीमा बढुवा भएका छन् । विष्ट पनि विशेष बढुवा भएका हुन् ।
थापा र विष्टलाई आइतबार प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।