दलहरुबीच सहमति जुटेपछि बागमती प्रदेशसभा बैठक सुरु

बागमती प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ । दलहरुबीच सहमति जुटेपछि प्रदेशसभा बैठक सुरु भएको हो ।

सभामुखको पहलमा बसेको सर्वदलीय बैठकले दिउँसो पौने १२ः४५ बस्ने सहमति जुटाएसँगै बैठक सुरु भएको हो । सरकारले प्रतिपक्षी दलहरूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले बैठक चल्न नदिने अडान राख्दै आएका थिए ।

गत असार २१ गते आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन । २ महिनापछि गत भदौ १८ गते बोलाइएको बैठक पटक पटक स्थगित भएपछि आज सभामुखले सर्वदलीय बैठक बोलाएका थिए ।

आजको बैठकमा ४ वटा विधेयक पेश हुनेछन् । शून्य समयको कार्यक्रम समेत रहने बताइएको छ ।