ललिता निवास प्रकरण: धरौटी बुझाउन नसकेपछि अरुणकुमार श्रेष्ठ कारागार चलान

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा प्रहरी हिरासतमा रहेर जिल्ला अदालत काठमाडौंको आदेशमा धरौटीमा थुनामुक्त भएपनि धरौटी बुझाउन नसकेपछि एक जना आरोपीत कारागार चलान भएका छन् ।

नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका हुन् । अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो ।

आइतबार ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका १८ जनामध्ये केशव तुलाधरलाई साधारण तारेख र अन्य १७ जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले ओदश दिएको थियो ।

आइतबार इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग दुई करोड ४६ लाख धरौटी माग गरेको थियो । धरौटी बुझाएर उनी आइतबार राति नै छुटेका थिए ।

Share