प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने प्रधानमन्त्रीको टोलीमा २४ जना जाने तय भएको परराष्ट्रमन्त्री एनपी साउदले सार्वजनिक गरेका थिए । देशको आर्थिक अवस्थाका कारण खर्च कटौती गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले ५ जनाको मात्रै टोली बनाउन मुख्यसचिव बैकुण्ठ अर्याललाई सोमबार निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेतृत्व गर्ने २७ जनाको टोलीमा यसअघि प्रमुख सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार शंकरदाश बैरागी, मुख्यसचिव बैकुन्ठ अर्याल, प्रेस सल्लाहकार गोविन्द आचार्य, नीजि चिकित्सक डा। युवराज शर्मासहित चार जना सहसचिव पनि थिए।
यीमध्ये अधिकांश नाम कटाएर भ्रमणमा अब प्रधानमन्त्रीसँग एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै हुने छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री २९ भदौमा अमेरिका जाँदैछन् ।













