दीपक मनाङेले छाडे एकीकृत समाजवादी

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी त्यागेका छन् । मनाङेले समाजवादी पार्टी त्यागेकाले स्वतन्त्र सांसदकै हैसियता कायम गरिदिन गण्डकी प्रदेश सभा सचिवालयलाई आग्रह गरेका छन् ।

मनाङेले नेकपा एकीकृत समाजवादी दलको सदस्यको मान्यता र संसदीय अभिलेख सच्चाएर स्वतन्त्र सांसदको हैसियत कायम गरिदिन भन्दै निवेदन दिएका छन् । यदि सांसदले आबद्ध दल छाडेको अवस्थामा दल त्यागसम्बन्धी कानुन आकर्षित हुन पुगे उनले पद नै गुमाउने जोखिम पनि छ ।

उनी २०७९ को प्रदेश सभा निर्वाचन मनाङ (ख) बाट निर्विरोध निर्वाचित भएका थिए। तर सत्ता फेरबदल चलिरहँदा उनी २०७९ मंसिर १९ गते आलोकनगरमै आएर एकीकृत समाजवादी पार्टी रोजेका थिP ।