काठमाडौं महानगर र ई: का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईः का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन बनेको छ । फुटपाथ व्यापारीहरूले पुरानै शैलीमा व्यापार गर्न पाउनुपर्ने बताएपछि वार्ता निष्कर्षविहीन बनेको हो ।

महानगरले निश्चित ठाउँ र समय तोकेर व्यापार गर्न दिन सकिने विषयमा छलफल गर्न सकिने बताएको थियो ।

ईः आठ दिनदेखि काठमाडौं महानगरपालिकाको गेटमा उभिरहेका छन् । उनको पक्षमा समर्थन बढ्दै गएपछि महानगर वार्ता लागि तयार भएको हो ।

मंगलबार बिहान उपमेयर सुनिता डंगोल पनि अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि मेयरले वार्ताका लागि ५ सदस्यीय टोली बनाएका थिए । ईः का तर्फबाट पनि ५ सदस्यीय टोली बनाएर वार्ता गरिएको थियो ।

ईःका तर्फबाट गोविन्द नारायणको नेतृत्वमा सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सञ्जय गिरी र राज महर्जन रहेको टोली वार्तामा सहभागी थियो ।

महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सदस्य रहेको टोली वार्तामा थियो ।