उपप्राध्यापक चलाउनेलाई कुटपिटमा संलग्न सयुज श्रेष्ठ पक्राउ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई मरनासन्न हुने गरी कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चलाउनेलाई कुटपिट गरेको अभियोगमा मुद्दा चलाइएका सात जना प्रतिवादीहरुमध्ये एक षयषु भन्ने सयुज श्रेष्ठलाई प्रहरीले उनको रातोपुलस्थित घरनजिकैबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, कुटपिटमा संलग्न ५ जना ससअघि नै पक्राउ गरेर धरौटीमा छुटेका थिए ।

जिल्ला अदालत, काठमाडौंको आदेशमा चित्त नबुझेपछि उपप्राध्यापक चलाउने उच्च अदालत गएका थिए । त्यहाँबाट ५ लाख धरौटी र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश भएको थियो ।

प्रकरणमा थप एक जनाको अझै खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रकरणका सबै आरोपी समेत पक्राउ नपरेका बेला यसका मुख्य आरोपी हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध मुद्दा फिर्ता लिने तयारी सरकारले गरेको थियो । उपप्राध्यापक चलाउने न्याय माग्दै अनशन समेत बसेका थिए ।

सयुजलाई साढे दुइ वर्षअघि पाटन उच्च अदालतले पाँच लाख धरौटी मागेको थियो । उक्त प्रकरणमा सयुजबाट चलाउनेलाई एक लाख अन्तरिम क्षतिपूर्ति जम्मा गर्ने आदेश पनि गरेको थियो ।

अदालतको उक्त आदेशलाई अवज्ञा गरी बसेका उनी बिहीबार घरनजिकै रातोपुलबाट पक्राउ परेका हुन् ।

चलाउनेमाथि ०७७ असोज २० गते नेविसंघका नेता कार्यकर्ताहरूले मरनासन्न हुनेगरी सांघातिक आक्रमण गरेका थिए ।