हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।
जल तथा मौसम विज्ञान विभान, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आँशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
महाशाखाका अनुसार देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।













