सुर्खेतमा जिप दुर्घटना हुँदा ९ घाइते, चार जनाको अवस्था गम्भीर

सुर्खेतमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शनिबार राति ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका-४ लाँदे नजिक जिप दुर्घटना भएको हो ।

वीरेन्द्रनगरदेखि चिङ्गाड गाउँपालिका-२ रानिवास जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परेका चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरु सबैको उपचार माया नर्सिङ होममा उपचार भइरहेको छ ।

जिप अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।