नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवले किन दिए राजीनामा ?

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा सचिव प्याकुरेलले क्यानमा आफ्नो योजना र मिसन पुरा भएको, अहिले क्यान पूर्ण रूपमा काममा गर्न पाउने भएको र अब यो सङ्घलाई नयाँ तरिकाले अगाडी बढाउनुपर्छ भन्दै राजीनामा दिएको बताए ।
आइसिसीबाट बजेट आउने क्रम सुरु भएपछि नै राजीनामा दिने सोच आएको भएपनि तर अब अहिले आफ्नो सबै योजना र मिसन पुरा भएको भन्दै क्रिकेटबाट टाढा हुने निर्णय गरेको उनले बताएका छन् ।  प्याकुरेलले अब क्यान नयाँ ढङ्गले अगाडी बढोस् भन्ने चाहेको र त्यसका लागि बाटो पनि खुल्ला गरेको धारणा व्यक्त गरे । क्यानमा आफ्नो योजना पुरा भएको र अब टास्सिएर बस्न उचित नभएको भन्दै राजीनामा दिएको उनको भनाई छ ।
त्यस्तै उपाध्यक्ष श्रेष्ठले क्यानको सुधारका लागि गरिएको सबै काम सम्पन्न भइरहेको र यसलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा २०७६ साल असोज ११ गतेको निर्वाचनबाट प्याकुरेल सचिवमा निर्वाचित भएका थिए । यस्तै श्रेष्ठ पनि मिङ्मा डाण्डु शेर्पालाई हराएर उपाध्यक्षमा निर्वाचित भएका थिए ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार