कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने भएका छन्।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज बसेको प्रदेशसभा बैठकअघि बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।
शनिबार विश्वासको मत लिनुअघि बसेको पार्टीको संसदीय दलको बैठकमा उनले राजीनामा दिन लागेको जानकारी गराएका थिए।
संविधानकाे धारा १६८ काे उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले विश्वासकाे मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने कानुन व्यवसायीले सुझाव दिएपछि विश्वासको मत परीक्षण नगरी उनले राजीनामा दिने भएका हुन् ।