प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीद्वयको राष्ट्रपतिसँग अलग अलग भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटमा उनले आफ्नो दुवै भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

उनका अनुसार सो भेटमा मुलुकका अहिलेको समसामयिक विषयमा पनि छलफल भएको थियो ।

यसअघि राष्ट्रपति पौडेलसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेट गरी समसामयिक विषयमा छलफल गरेका थिए ।