एमाले उपत्यका विशेष कमिटीमा अध्यक्षसहितका पदाधिकारी निर्विरोध, २८ सदस्यका लागि चुनाव हुने

नेकपा एमालेको उपत्यका विशेष कमिटीमा अध्यक्षसहितका पदाधिकारी निर्विरोध भएका छन् । अध्यक्षमा प्रेमकुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएको निर्वाचित कमिटीले जनाएको छ ।

अध्यक्षका आकांक्षी चन्द्र रिजालले उम्मेवदारी फिर्ता लिएपछि पराजुली निर्विरोध भएका हुन् । उनी पूर्व सरकारी कर्मचारी हुन् ।

पार्टी नेतृत्वले कहीँ न कहीँ व्यवस्थापन गर्ने आश्वासन दिएपछि रिजालले उम्मेदवारी फिर्ता लिएको एमाले स्रोत बताउँछ ।

अध्यक्ष केपी शर्मा ओली प्रत्यक्ष नदेखिए पनि अन्य प्रदेशमा भएको अधिवेशनमा महासचिव शंकर पोखरेलले संस्थापनको पक्षबाट आफ्ना उम्मेदवार जिताउन अग्रसरता लिएका थिए ।

उपत्यका, विशेष प्रदेशमा २८ सदस्यका लागि भने चुनाव हुने भएको छ । जसमा प्राध्यापक, शिक्षक, निजामति कर्मचारीसहितले प्रतिस्पर्धा गर्दैछन् । सरकारी कर्मचारी भएका कतिपयले नाम फेरेरसमेत आन्तरिक प्रतिस्पर्धा गर्दै आएका छन् ।

एमालेमा यसअघि भएका ५ वटा प्रदेश अधिवेशनमा चुनावबाटै नेतृत्व चुनिएको थियो ।