मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालो मोसो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालो मोसो दलिएको छ। काठमाडौंको जमलमा प्रसाईंमाथि कालो मोसो दलिएको हो।

कसले किन कालो दल्यो भन्ने खुलिसकेको छैन । प्रसाईंले काठमाडौंस्थित एलोप्यागोडा होटलमा पत्रकार सम्मेलनको कार्यक्रम राखेका थिए । त्यहाँ जाने क्रममा उनीमाथि कालोमोसो दलिएको हो । कालोमोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्रिवस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए ।

यसबारे जानकारी आइनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।