सामुदायिक वन भित्र महिलाको शव फेला

झापाको दमक २ स्थित हम्सेदुम्से सामुदायिक वन भित्रको जङ्गलमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५५ देखि ६० वर्षको जस्तो देखिने महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाले बताए ।

सोमबार बिहान घाँस काट्न जाने महिलाले दमक २ स्थित सामुदायिक वन परिसरमा रहेको रतुवा खोलाको घाट नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेको पनि उनले जानकारी दिएका छन् ।

बिहान पख भेटिएको शवमा चोटपटक नरहेको पनि उनले बताएका छन् । उक्त भेटिएको शवको पहिचान गर्नका लागि जनप्रतिनिधि सहित स्थानीयहरूसँग सहयोग मागिएको प्रहरीले जनाएको छ ।