सरकारले दशैंको समयमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी सेवा गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरुलाई काठमाडौं प्रवेशमा रोक लगाउने भएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालको संयोजकत्वमा बसेको विभागको मंगलबारको बैठकले यस्तो निर्णय गरेको विभागका शाखा अधिकृत माधवराज पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
त्यस्ता सवारी साधनहरुलाई असोज २८ गतेदेखि कात्तिक ८ गतेसम्म रोक लगाइने भएको हो ।
विभागले यसअघि नै यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णीमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय गरिसकेको छ ।