दसैँ टीकाको शुभ साइत कुन देशमा कति बजे ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिले ३० वटा देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको हो । समितिका अनुसार अमेरिका र क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत रहेको छ ।

समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम ३० वटा देशमा टीका लगाउने साइत जुराइएको जानकारी दिए ।

नेपालबाहिर दसैँको उत्तम साइत कहिले ?