कर्णाली प्रदेश सरकारले इजरायलमा मृत्यु भएको परिवारलाई तीन लाख रकम राहत दिने भएको छ ।
सरकारले इजरायलमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा मृत्यु भएका विद्यार्थीका परिवारलाई तीन लाख रकम दिने निर्णय गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलमा मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
उनका अनुसार बैठकले इजरायलमा रहेका नागरिकको छिटो उद्धारका लागि संघीय सरकारलाई आग्रह गरेको छ ।