गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ अधिवेशन काठमडौंमा सुरु भएको छ । शुक्रबारसम्म चल्ने अधिवेशनको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गरेका छन् । उनले स्वस्ती वाचनसहित सम्मेलनको उद्घाटन गरेका हुन् ।
२००३ अक्टुबरमा स्थापना भएको एनआरएनए विश्वका ८७ देशमा विस्तार भैसकेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा हाँसिल गरेको ज्ञान, सिप र लगानी नेपालको विकासमा महत्त्वपूर्ण हुने बताए ।
उनले एनआरएनएहरु विदेशी नियोगसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन, पर्यटक भित्र्याउन, नेपाली वस्तु विदेशमा निर्यात गर्न र नेपालको गौरवगाथा विश्वभर फैलाउन सक्ने बताए ।
अधिवेशनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदै छन् । ८६ देशमा एनआरएनए विस्तार भैसकेको छ । जसमध्ये ५९ देशमा अधिवेसन भएको थियो । ५९मध्ये ११ देशमा अनलाइन भेरिफिकेसनको आधारमा निर्वाचन भएको थियो ।
एनआरएनएको निर्वाचन समिति कार्यालयका अनुसार एनआरएनको अध्यक्ष पदमा रुसबाट डा। बद्री केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रबिना थापा र कतारबाट राजेन्द्र कुमार ९आरके० शर्माको उमेदवारी रहेको छ । केसी र थापा हालका अध्यक्ष हुन् भने, श्रेष्ठ र शर्मा उपाध्यक्ष हुन् ।
मंगलबार र बुधबार विश्वज्ञान सम्मेलनका रुपमा चल्ने महाधिवेसनमा आर्थिक क्षेत्रका विभिन्न विषयमा छलफल हुनेछ । बिहीबार काठमाडौंमा उपस्थित मतदाताले मतदान गर्ने छन् भने विश्वभरका मददाताले अनलाइनबाटै फेसियल भेरिफिकेसनको आधारमा मतदान गर्न पाउने छन् ।
अधिवेशनसँगै एनआरएनएको तेस्रो ज्ञान सम्मेलन पनि हुँदै छ । अधिवेशनको शुक्रबार हुने समापन कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम छ ।