८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५५ वर्षीय फुलसिंह पक्राउ

झापामा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शिवसताक्षीनगरपालिका–५ आमबाडी बस्ने ५५ वर्षीय फुलसिंह ताजपुरियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ताजपुरियाले घर नजिकै खेल्न गएकी ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित धानबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।