हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसका कारण पहाडी भू–भागमा वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ ।
दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागले राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहीने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले कृषि तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भन्दै यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।