एनएमबि बैंकले एफएमओबाट पायो २ करोड डलर ऋण

एनएमबी बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यम (एसएमईएस) लाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदारबाट ऋण प्राप्त गरेको छ ।

एनएमबीले डच इन्टनरप्रिनेन्युरियल डेभलपमेन्ट बैंक (एफएमओ) बाट २ करोड अमेरिकी डलर ऋण प्राप्त गरेको हो ।

बैंक र एफएमओबीचको यस साझेदारीमा एफएमओबाट एनएमबी बैंकलाई १ करोड ५० लाख अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम एमएसएमई विकास र प्रबर्धनका लागि प्राप्त भएको जनाइएको छ । एनएमबीमा एफएमओको लगानी छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।