नेटा भी २०% डाउन पेमेण्टमै किन्न पाइने, चारवटा बैंकले ८० प्रतिशत सवारी कर्जा दिने

नेटा भी इलेक्ट्रिक गाडीको आधिकारिक बिक्रेता सिजी मोटर्सले २० प्रतिशत डाउन पेमेण्टमै इभी गाडी किन्न पाइने सुविधा ल्याएको छ ।

अफर घोषणा गर्दै कम्पनीले सहज रुपमा कर्जामा उपलब्ध गराउने जनाएको छ । गाडी किन्दा ग्राहकहरुलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

प्रभु बैंक, कामना सेवा बैंक, एनएमबी बैंक र नबिल बैंकबाट सहज कर्जा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो योजना सिजी मोटर्सका सम्पूर्ण आधिकारिक बिक्रेता डिलरबाट नेपालभरी लागू हुनेछ। र देशभर रहेको सबै शोरुममाबाट ग्राहकहरुले यो सुविधा लिन सक्नेछनन् ।

नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित इभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट आवर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ ।

करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने यो गाडीले फूल चार्जमा ३८० किलोमिटरसम्मको रेन्च दिने कम्पनीको दाबी छ । विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भीको ब्याट्रीसहित मोटरमा कम्पनीले १ लाख ५० हजार किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् ।

यसका साथै हाल नेटा भीमा डिक्की फूल अफर भनि ग्राहक लक्षित योजना पनि चलिरहेको छ । जसमा विभिन्न इलेक्ट्रोनिक उपकरणहरु उपहारको रुपमा ग्राहकहरुलाई दिइएको छ ।