बेल्जियमलाई हराउँदै फ्रान्स युएफा नेशन्स लिगको फाईनलमा प्रवेश

बेल्जियमलाई हराउँदै फ्रान्स युएफा नेशन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । गएराति भएको सेमिफाईनल खेलमा २–० ले पछि परेको अवस्था उल्टाउदै फ्रान्सले ३–२ को जित निकालेको हो ।

खेलको पहिलो हाफमा यानिक कारास्को र रोमेलु लुकाकुले गोल गरेपछि बेल्ज्यिमले २–० को अग्रता लियो । तर दोस्रो हाफमा फ्रान्सका करिम बेन्जमा, किलियन एम्बाप्पे र थियो हर्नान्डेजले एक एक गोल गर्दै टोलीलाई विजयी गराए ।

हर्नान्डेजले खेलको ९० औं मिनेटमा निर्णायक गोल गरेका हुन् । फ्रान्सले अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा इटालीलाई २÷१ ले हराउँदै स्पेन फाइनलमा पुगेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार