मधेशमा मन्त्रिपरिषद विस्तार, एमालेबाट चार सांसद बने मन्त्री

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । शनिबार नेकपा एमालेका थप चार सांसदले मन्त्री र राज्यमन्त्रीको शपथ लिएका हुन् ।

राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा शपथ लिएका हुन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसकेका छन् ।

नेपाली कांग्रेस-माओवादी-जसपा गठबन्धन भत्किएर नेकपा एमालेसहितको गठबन्धन बनेपछि मुख्यमन्त्रीयादवले कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका थिए ।

त्यस्तै मधेश सरकारबाट जनमत पार्टीका २ जना बाहिरिएपछि कुल ५ वटा मन्त्रालय खाली भएको थियो । जसमध्ये ४ वटा एमालेले पाएको छ भने एउटा माओवादी केन्द्रलाई दिने मुख्यमन्त्रीको तयारी छ ।