हुम्लाको अदानचुलीमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना घाइते 

हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा शनिबार भएको गाडी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नं ५ को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जिप शनिवार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडी रहेको जिल्ला प्रहरी हुम्लाका डीएसपी एवम् प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । 

दुर्घटनामा परेर अन्य ६ जना घाइते भएको र उनीहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।